–श्याम स्मृत
ललितपुर । हरेक क्षेत्रमा महिला तथा पुरुषको समान सहभागिता हुनु आवश्यक छ । एउटै रथकका दुई पांग्रा भनेपनि कतिपय अवस्थामा समान सहभागिता नहुनु दुःखद कुरा हो । यद्यपि, बर्तमान समयमा पुरुषको हाराहारीमा महिलाहरूको पनि समान सहभागिता हुन थालेको छ।

हरेक क्षेत्रमा महिला दिदीबहिनीहरुको उल्लेख्य उपस्थिति देखिन थालेको छ । व्यापार तथा उद्यम क्षेत्रदेखि सरकारी तथा गैरसरकारी क्षेत्र लगायत हरेक क्षेत्रमा महिलाहरूको उल्लेखनीय उपस्थिति छ । क्रमिक रुपमा नेपाली महिला दिदीबहिनीहरुले आफ्नो काम गर्ने दायरा पनि फराकिलो बनाउदै लगेको पाइन्छ।

यसरी दायरा फराकिलो पार्ने क्रममा एकै घरका चार दिदीबहिनीको अग्रता देखिएको छ। पिता दीपकप्रकाश बास्कोटा तथा आमा डम्बर कुमारी बास्कोटाका आठ सन्तान मध्येका चार सन्तान चन्द्रकला बास्कोटा, शान्ता बास्कोटा कोइराला, तारादेवी बास्कोटा र समिक्षा बास्कोटाको नेपाली समसामयिक उद्यम–व्यापार व्यवसायममा अग्रता देखिएको हो।

यी चार दिदी बहिनीहरुले विभिन्न उद्योग–व्यापार व्यवसायको कमाण्डिङ गर्ने कार्य गर्दैआएका छन्। सवैकी दिदी चन्द्रकला बास्कोटा रिजाल प्लाष्टिक उद्योगकी प्रोप्राइटर हुन्। त्यस्तै, चन्द्रकला भक्तपुर महिला उद्यमी संघकी निवर्तमान अध्यक्ष समेत रहिसकेकी छन्।

चन्द्रकला पछिकी माहिली बहिनी शान्ता बास्कोटा कोइराला कञ्चनजंगा टि–स्टेट एण्ड रिसर्च सेन्टरकी प्रवन्ध निर्देशक तथा नेपाल घरेलु तथा साना उद्योग महासंघकी सचिव समेत रहेकी छन्। काहिली बहिनी तारादेवी बास्कोटा भने सांग्रिला एग्रो वल्र्ड प्रा.लि.की संचालक रहेकी छन्।

अन्तरी बहिनी समिक्षा बास्कोटा बास्कोटा ग्रुप अफ इण्डष्ट्रीजकी प्रवन्ध निर्देशक बनेर कार्यरत रहेकी छन्। साँहिली प्रमिला बास्कोटा तथा कान्छी डा.सुदिच्छा बास्कोटा र दुई भाइ नविन बास्कोटा र निश्चल बास्कोटा देश वाहिर रहेको सवैकी दिदी चन्द्रकला बास्कोटाले भनेकी छन्।

महिलाहरूले व्यवसाय सुरु गर्दाको समयमा अनेकौं चुनौती आउने गरेका छन् । सबैभन्दा ठूलो चुनौती भनेको आर्थिक स्वतन्त्रता हो । पछिल्ला केही समयदेखि भने बैंक तथा वित्तीय संस्थाहरू महिलाप्रति लचिला देखिएका छन् । यसले गर्दा महिलाहरूले निर्धक्क रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न सकेको तर्क सवैकी दिदी चन्द्रकला बास्कोटाको भनाई छ।

प्राविधिक जानकारीको कमी, देशको सामाजिक व्यवस्था, संयुक्त परिवार, परिवार तथा बालबालिकाहरूको जिम्मेवारी, परम्परागत सामाजिक मूल्य–मान्यता आत्मविश्वासको कमी आदिका कारण पनि महिलाहरूलाई व्यवसाय सुरु गर्न अप्ठ्यारो छ। जस्तै राम्रो काम गरे पनि समाजमा महिलाहरूले गरेको कार्यमा प्रश्न उठाइन्छ ।

यद्यपि पुरुषको तुलनामा महिलाहरू व्यवसाय कुशल हुन्छन् । घरलाई कुशल व्यवस्थापन गर्न सक्षम महिलाहरूलाई कुनै पनि संस्था वा व्यवसायको संरचना व्यवस्थित रूपमा चलाउन त्यति गा¥हो नपर्ने तर्क पनि चन्द्रकलाको रहेको छ।
कुनै पनि व्यवसाय सुरु गर्नुभन्दा पहिले निकै ध्यान पु-याउनुपर्ने हुन्छ ।

यसका लागि महिलाहरूले आफ्नो क्षमता, आर्थिक तथा पारिवारिक पृष्ठभूमि, स्थानीय कच्चापदार्थ, बजारमा कुनै पनि वस्तुको मागजस्ता पक्षमा ध्यान दिनुपर्छ। औद्योगिक उत्पादनको सही छनोटदेखि योजना निर्माण, प्रशिक्षण वा व्यवसाय स्थापना तथा यसको दर्तालगायत सबै कुरामा ध्यान पु-याउनु पर्ने चन्द्रकलाको कार्य योजनालाई तीन बहिनीहरु शान्ता, तारादेवी तथा समिक्षाको सहमति रहेको छ। उनीहरु दिदीकै लक्ष्य निर्देशनमा आफ्ना दरिला सीप तथा कुशलताले आ–आफ्ना उद्योगधन्दालाई अग्रता दिनमा सक्षम बनेका छन्।

जिंउदा भगवानरुपी बुवा पूर्वगृह राज्यमन्त्री तथा सहकारी आन्दोलनका प्रणेता दीपकप्रकाश बास्कोटा तथा आमा डम्बर कुमारी बास्कोटाको आशीर्वाद र कामप्रतिको लगनशीलता अनि इमान्दारिता आफूहरुको सफलताको रहस्य रहेको पनि चारै दिदीबहिनीहरुको एक स्वर रहेको छ।

महिला उद्यमको विकास अनि महिलालाई रोजगारीमा अग्रता दिने आफूहरुको हरदम प्रयास भएको वताउंदै पुरुष वरावरको महिलाको समानता आफूहरुको उद्यम–व्यापारको मूल आधारशिला रहेको चारै दिदीबहिनीको जिकिर रहेको छ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल असार ७ गते सोमवार ।