????????????????????????????????????

काठमाडौ । ललितपुर सौगल स्थित योङ्ग पिकासो अ कम्युनिटी स्कुल अफ फाइन आर्टको आयोजनामा पाँच दिने चित्रकला प्रदर्शनी संपन्न भएको छ। ललितपुरको पाटन दरबार स्क्वायर स्थित ऐतिहासिक पाटन दरवार म्युजियममा पचास कलाकारका उन्नानसय चित्र प्रदर्शनी गरिएको थियो।

young-picasso-exhibition-3

जुन प्रदर्शनीमा १० हजार दर्शकले अवलोकन गरेको आयोजक योङ्ग पिकासोका म्यानेजिङ्ग डाइरेक्टर तथा प्रसिद्ध कलाकार अजय देसारले बताएका छन्। चार बर्षको बच्चा देखि ७४ बर्षको बृद्धसम्मको विभिन्न आकर्षक चित्रहरुको प्रदर्शनीमा राखिएको थियो। प्रदर्शनीमा राखिएका ती सवै चित्रहरु लाखौ रुपियामा सवै विक्री समेत भएको कलाकार देसारले भनेका छन्।

young-picasso-exhibition-4

प्रदर्शनीको शुभारम्भ नेपालका लागि श्रीलंकाकी राजदूत डब्लु एस परेराव्दारा गरेकी थिइन्। प्रदर्शनीको शुभारम्भमा राजदूत परेराले योङ्ग पिकासोको चित्रकला प्रदर्शनीवाट आफू निक्कै प्रभावित बनेको प्रतिक्रिया दिएकी थिइन्।

प्रदर्शनीलाई अ सेलेक्टेट ग्राण्ड आर्ट एक्जिविसन २०१६ नाम दिएको थियो। ललितपुर जिल्लाको भूकम्पग्रस्त क्षेत्र घ्याँम्पेडांडामा नमूना बस्ती निर्माणको सहयोगार्थ उक्त चित्रकला प्रदर्शनीको आयोजना गरिएको जानकारी पनि आयोजक योङ्ग पिकासोका म्यानेजिङ्ग डाइरेक्टर देसारले बताएका छन्।

young-picasso-exhibition-2प्रकाशन मिति–२०७३ साल मंसीर ३० गते विहीवार ।