काठमाडौं। चाबहिलस्थित केएल टावरनजिकै पुरानो घर भत्काउनेक्रममा बुधबार एक्कासि संरचना खस्दा दुईजना घाइते भएका छन्। घर भत्काउने काम गर्ने मजदुर रामबहादुर कुँवर र नजिकैको खाजाघरमा काम गर्ने जीवन मगर घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।

दुवैजनाको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालमा उपचार भइरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहको भनाई छ। घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

एकजनाको आकस्मिक र एकजनाको सघन उपचारकक्षमा उपचार भइरहेको जनाइएको छ। घर भत्काउने क्रममा एक्कासी त्यसरी संरचना खस्दा पैदलयात्री धेरैले भागदौड गरेर ज्यान जोगाएका थिए।


प्रकाशन मिति–२०७६ साल कात्तिक ६ गते बुधवार ।