काठमाडौँ। भरपर्दो सुरक्षा सामाग्री नहुँदा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकहरुलाई काठमाडौँ महानगरपालिकाले १ हजार ३ सय थान ज्याकेट सहयोग गरेको छ।

काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीलाई संयुक्त रुपमा ज्याकेट हस्तान्तरण गरेका हुन।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोख्रेल, चिकित्सक संघका महासचिव बद्री रिजाललगायत पनि सहभागिता रहेको थियो।

कार्यक्रमको क्षेत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा.मनोजमान श्रेष्ठको संयोजकत्वमा भएको थियो।


प्रकाशन मिति–२०७७ साल जेठ १८ गते आइतवार ।