ललितपुर। दुई भाषामा निर्माण भएको नेपाली चलचित्र सनाखतको यतिखेर नेपालभाषामा धमाधम छायाँकन भैरहेको छ। चलचित्र सनाखतका सवै कलाकार मज्जाले नेपालभाषामा नै बोल्छन्। नेपालभाषामा नै दोहोरो संवाद गर्छन्।

नेपालभाषी नेवार कलाकार मात्र नभइकन गैरनेवार कलाकार पनि मज्जाले नेपालभाषामा नै संवाद गर्ने गर्छन्। गैरनेवार कलाकार भएतापनि ख्यातिप्राप्त हाँस्य कलाकार राजाराम पौडेल पनि नेपालभाषामा मज्जाले कुरा गरिरहेका थिए।

भिजन संसार डटकम चलचित्र सनाखतको शुटिङ भैरहेको ललितपुरको प्राचिन ललितकलाले संपन्न टोल इखालखुमा पुग्दा राजाराम पौडेल टिफिन ब्रेक भन्दै चाउचाउ खान व्यस्त थिए। अरु, कलाकार भने लञ्च ब्रेक भन्दै खाना खानतिर लागेका थिए।

निर्माता तथा निर्देशक आर्यम नकर्मी चलचित्र सनाखत शुटिङको व्यवस्थापन देखि सिनवाइज कार्यमा निक्कै व्यस्त देखिएका थिए। व्यस्तताका बाबजुद पनि चलचित्र सनाखत दुईभाषामा निर्माण हुंदैगरेको बताए। अनि यस चलचित्र सनाखत वियोगान्त कथामा बनेको बेजोड चलचित्र भएको पनि निर्देशक नकर्मीको जिकिर रहेको पाइयो।

कमेडी किङ मदनकृष्ण श्रेष्ठ हिरो भएको यस चलचित्र नै वियोगमय दुःखान्त चलचित्र भएको खुलासा भएतापनि यस चलचित्रमा मदनकृष्णले नहसाएपनि राजाराम पौडेलले हसाउने ग्यारेन्टी गर्ने कार्य निर्देशक नकर्मीवाट भयो। राजाराम पौडेलले भने आफ्नो रोलको बारेमा मरेकाटे पनि बोल्न चाहेन। बरु, चिकेन चाउचाउ खाइरहेको टाइम भएकोले चिकेन रोलमा छु भनेर मर्ने गरेर हँसाउन पछि परेनन्।

राजारामले आफ्नो रोलको बारेमा बोल्न नचाहेतापनि कमेडी कलाकार कृष्णभक्त महर्जन र नक्कली शिव श्रेष्ठ मानिएका अभिनेता सुशील श्रेष्ठले भने राजाराम पौडेल आफूहरुलाई लुट्ने लुटाहाको रोलमा रहेको भिजन संसार डटकमको क्यामेरा अगाडि वोल्न पछि परेनन्। बाँकी कुरा भिजन संसार डटकमको यो भिडियो रिपोर्टमा तपाईहरुले हेर्न सक्नु हुन्छ। प्रस्तुत छ–चलचित्र सनाखतको भिडियो रिपोर्ट जस्ताको तस्तै––

Photo By- Shamjhana Thussa/Bhaktapur, Nepal.

प्रकाशन मिति–२०७६ साल मंसीर ५ गते विहीवार ।