rajesh-hamal-with-his-wife-madhu-3

काठमाडौ। जिन्दगीमा प्राय खुल्न नचाहने अभिनेताहरुमा नेपालका अभिनेता राजेश हमाल पनि पर्ने गरेका छन्। नायक हमाल अक्सर आम नायक जस्तो त्यति धेरै खुल्न खोज्दैनन्। शायद यो उनको अत्यन्त व्यक्तिगत नीजि मामिला हो। जसलाई हमालका निकतवर्तीहरु हमाललाई अन्तरमुखी पनि भन्न रुचाउंछन्।

rajesh-hamal-with-his-wife-madhu-4

मधु भट्टराईसँग विवाह गरेपछि अलिकति सामाजिक बन्न थालेका हमालमा पुरानो बानी भने अझै गएको पाइएको छैन्। किताव पाएपछि कतिपय समय त श्रीमतीलाई समेत विर्सन हमाल पछि पर्दैनन्। जसको कारण हमाल पत्नी मधु हैरान बन्ने गरेकी छन्। यसकारण अक्सर सपिङ्ग पनि एक्लै गर्न रुचाउने मधुलाई लिएर यतिखेर हमाल चितवनको सयरमा रहेका छन्।

rajesh-hamal-with-his-wife-madhu-1

चितवनको सौराहा स्थित टाइगर टप्समा रमाउंदै काठमाडौको जाडो छल्न त्यसतर्फ लागेको उनी निकवर्तीहरुले भनेका छन्। कहिले पोखरा त कहिले चितवन सौराहा घुम्न रमाउने हमाल यसपालि भने चितवन टाइगर टप्स जंगलमा रमाइरहेका छन्। कतिले उनीहरुको यो रमाइलाई जंगलको मंगल पनि भन्ने गरेका छन्।
प्रकाशन मिति–२०७३ साल मंसीर ९ गते विहीवार ।