Gaida 1काठमाडौ। विश्वमा नै दूर्लभ मानिने एक सिंगे गैंडा नेपालमा मात्र पाइने गरेको छ। ती एक सिंगे गैडा संरक्षणमा सरकारको खासै ध्यान जान सकेको अवस्था देखिदैन। त्यसमाथि, चितवन स्थित राष्ट्रिय निकुन्जमा रहेको एउटा पोथी गैंडामा क्षयरोगको संक्रमण देखिएपछि दूर्लभ गैंडामा संकट उत्पन्न भएको छ।

इमर्जिङ्ग इन्फेक्सियस डिजिजेज नामक जर्नलमा चितवनको पोथी गैंडामा क्षयरोग लागेको उल्लेख भएवाट अन्य गैंडामा पनि सर्ने आशंका गरिएको छ। विगत पाँच बर्षयता चितवनको राष्ट्रिय निकुन्जमा ३१ वटा गैंडाको शकास्पद मृत्यु हुनुमा यसको कारण हो कि भन्ने खोजीको विषय बनेको आशंका विज्ञहरुको रहेको छ।

यद्यपि, क्षयरोगको जिवाणु मानिस र पशुमा लाग्ने क्षयरोगको जिवाणुसंग मिल्दोजुल्दो भएकोले यसै भन्न नसक्ने पनि उनीहरुको भनाई रहेको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र १७ गते बुधवार ।