चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५ को कार्यालय भवनमा बम विस्फोट भएको छ। गएराति अज्ञात समूहले वडा कार्यालयको भवनमा सिलिन्डर बम विस्फोट भएको चितवन प्रहरीले जनाएको छ।

विस्फोट पछि भवन चर्किएको छ भने कार्यालयमा आगलागी भएको छ । विस्फोट गराउनेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले भनेका छन्।

विस्फोटको घटनामा सरकारले हिजो मात्रै प्रतिवन्ध लगाउने निर्णय गरेको विप्लव नेतृत्वको नेकपाको हात रहेको आशंका सुरक्षा अधिकारीहरुले गरेका छन् । घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन्।
प्रकाशन मिति–२०७५ साल फागुन २९ गते बुधवार ।