काठमाडौ। चितवने मिसेस व्युटी नेपाल विष्णुमाया पौडेल गजबको लोकदोहरी गाउने खतरा गायिका हुन्। जसले लोकदोहरीवाटै एक से एकलाई मज्जाले व्यंग्यको चोटिलो प्रहार गरेर घायल बनाउने गरेकी छन्।

उनै चोटिली लोकदोहरी गायिका विष्णुमाया पौडेलको विलकुलै नयाँ आधुनिक शैलीको लोकदोहरी गीत शहर आएपछिको भाका भएको दोहरी गीतको भिडियो सार्वजनिक भएको छ। विष्णुमायाको चोटिलो प्रहारमा खँदिलो जवाफ दिने कार्य गायक रविन लामिछानेवाट भएको छ।

चन्द्रमणि मुडभरीको निर्देशन रहेको यस गीतको भिडियोमा विष्णुमाया र साथीहरुको कस्सिलो अभिनय रहेको छ। स्कुल लाइफ सकेपछि कलेज लाइफका लागि शहर आएपछिको युवाको मनमा आउने तरंगलाई यस गीतमा प्रमुख विषय उत्थान गरेको पाइएको छ।

प्रकाशन मिति–२०७५ साल भदौ १६ गते शनिवार ।