Young Picassoकाठमाडौ। चित्रकलामा दिनानुदिन आकर्षण बृद्धि भैरहेको छ। चित्र लेखन तथा तिनको विश्लेषण गर्ने परिपाटीको विकास तिव्र गत्तिमा भैरहेको छ। चित्रकला राम्रो व्यवसाय पनि बनिसकेको छ। स्वदेश तथा विदेशमा चित्रकलाको भरमा पनि प्रत्येक दिनजसो लाखौ कमाउनेहरु भैसकेको दावी नेपालका प्रसिद्ध कलाकार अजय देसारको रहेको छ।

Art Class 1बेलायतमा समेत नेपाली चित्रकलाकारिता उजागर गरेर सवैको वाहवाही पाएर नेपाल फर्केका उनै कलाकार अजय देसारको ललितपुरको सौगल स्थित योङ्ग पिकासो कम्युनिटी आर्ट स्कुलमा चित्रकलाकारिता सिक्न व्यावसायिक कलाकार बन्न चाहनेहरु देखि स्कुलका विद्यार्थीहरुसम्मको व्यापक आकर्षण देखिएको छ।

Art Class 2विशेष गरेर विद्यार्थीहरुलाई टार्गेट गरेर शनिवारका दिन स्पेशल क्लास योङ्ग पिकासोमा हुने गरेको छ। अरु दिन व्यावसायिक कलाकार बन्न चाहनेहरुका लागि चित्रकलाकारिता सिकाउने कार्य हुने गरेको जानकारी योङ्ग पिकासोका संस्थापक अध्यक्ष तथा प्रिन्सिपल अजय देसारले भिजन संसारलाई दिएका छन्।

Art Class 5

त्यसको अलावा सिजनली आर्ट समर क्याम्प तथा विन्टर क्याम्प पनि हुंदैआएको छ। यसक्रममा शनिवार ३३ जना विलकुलै नयाँ चित्रकलाकारिताका स–साना विद्यार्थी देखि एसएलसी सकाएका विद्यार्थीहरुलाई संलग्न गरेर गोदावरीमा ल्याण्डस्केप कार्यक्रम योङ्ग पिकासोले संपन्न गरेको छ।

Art Class 8

ती विद्यार्थीहरुलाई ललितपुरको गोदावरी लगेर त्यहाँ रहेका प्राकृतिक छटाहरुलाई अन द स्पट हेरेको भरमा कलमको माध्यमवाट जस्ताको तस्तै कपीमा उतार्नु पर्ने कार्य दिएको थियो। दुई घण्टाको अन्तरालमा ती विद्यार्थीहरुले आफ्नो दिल र दिमागवाट सिर्जिएका प्राकृतिक तस्वीर जस्ताको तस्तै प्रस्तुत गर्ने कार्य भएको छ।

Art Class 9एकातिर चित्रकलाकारिताको प्राकृतिक सिर्जना र अर्कोतर्फ पिकनिक जस्तो गरेर घरैवाट खाजा ल्याएर त्यहाँ सवैले मिलीजुली खाएको दृश्य अत्यन्त रमाइलो भएको थियो। चित्रलाई प्रकृतिसंग समाहित गर्ने उदेश्यअनुरुप गरिएको ल्याण्डस्केप कार्यक्रम अत्यन्त प्रभावकारी बनेको दावी पनि कलाकार देसारको रहेको छ।

Art Class 10जसवाट विद्यार्थीहरु प्रकृतिसंग रम्दै चित्र कोर्न निक्कै उत्साहित बनेको र विद्यार्थीहरु पनि अत्यन्त रमाएको पाइएको छ। यसले गर्दा उनीहरुभित्रको प्रतिभा प्रस्फुटन हुने कार्य भएको छ। बर्षेनी सयौ चित्रकलाका विद्यार्थीहरु उत्पादन गर्दैआएको योङ्ग पिकासोले यसप्रकारको कार्यक्रम निरन्तर चलाउंदै जाने योङ्ग पिकासोले जनाएको छ।

Art Class 12Art Class 11Art Class 13

Sonic's Landscape Artप्रकाशन मिति–२०७४ साल बैशाख ३ गते आइतवार ।