काठमाडौं । समसामयिक गीत–संगीतमा बेग्लै बेजोड गीतको भिडियो रिलिज भएको छ। मेरो दिलको सारा खुशी सेन्ड गरिदिन्छु, टेम्पोरोरी होइन, परनामेन्ट गरिदिन्छु बोलको बेजोड गीतको भिडियो रिलिज भएको हो।

चिरञ्जीवी खनालको निर्माणमा तयार भएको विलकुलै बेजोड पाराको यो गीतको भिडियोमा निर्माता खनाल र गायक सतिष हार्ड शाहकै अभिनय रहेको छ। समय सामयिक सामाजिक सञ्जालको वर्तमान युगलाई इंगित गरेर रमाइलो पाराले निर्माण भएको परनामेन्ट वोलको गीतका गीतकार तथा संगीतकार पनि स्वयम् गायक शाह नै हुन।

देवेन्द्र नेवाको म्युजिक एरेञ्ज तथा मानेश्वर राजभण्डारीको मिक्सिङ रहेको छ। रामकाजी बस्नेतको छायाँकन तथा सम्पादन विशाल मानन्धरले गरेका छन्। पोष्ट प्रोडक्सन मिलन फिल्मसको रहेको छ। निर्देशन चिरञ्जीवी खनालको रहेको छ।

प्रकाशन मिति–२०७८ साल पुस ८ गते विहीवार ।