poland-europeलण्डन। यो बर्षको चिसोले यूरोपका विभिन्न मुलुक अत्यन्त प्रभावित बनेका छन्। ती मुलुकमा चिसोको कारण कम्तिमा २० जनाको मृत्यु भैसकेको अन्तरराष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ।

ग्रीक टापु र दक्षिणी इटाली हिउँले ढाकिएको छ। इटलीमा फेरी र हवाई उडान बन्द गरिएको छ भने दक्षिणी क्षेत्रका विद्यालय बन्द गरिएका छन्। पोल्याण्डमा चिसोका कारण कम्तिमा १० जनाको मृत्युको मृत्यु भएको छ।

चिसोका कारण टर्की पनि नराम्ररी प्रभावित भएको छ। रुसमा रातीको तापक्रम माइनस ३० डिग्री सेल्सियसमा झरेको छ। रुसमा १ सय २० वर्ष यता कै चिसो महशुस गरिएको छ। यूरोपमा अझै केही दिन अझै चिसो रहने अनुमान गरिएको छ।
प्रकाशन मिति–२०७३ साल पुस २४ गते आइतवार ।