काठमाडौं। चम्सुरी नामले व्यापक चर्चामा रहेकी हांस्य अभिनेत्री पल्पसा डंगोल अव नायिका मात्र नभइकन गायिका पनि बनेकी छन्। गीत गायनको पहिलो रेकर्डेट गीतको भिडियो अभिनेत्री डंगोलले नयाँ बर्ष २०२१ सालको अवसरमा सार्वजनिक गरेकी छन्।

गीतको बोल नै काली काली दिलवाली सेक्सी छु–सवले हिस्सी भन्छ तर, अलि–अलि मोटी छु रहेको छ। दमदार गीतमा मजबुत अभिनय गायिका समेत रहेकी अभिनेत्री डंगोलले कतारको परिदृश्यमा गजबले अभिनय गरेकी छन्। मनमोहक पृष्ठभूमिमा मादक गीतवाट यो चिसो याममा चम्सुरी पल्पसा डंगोलले आगो बाल्ने कोशिश गरेकी छन्।

रुञ्चे गायक प्रकाश पौडेल तथा पल्पसा डंगोल दुवैको गीत रचना रहेको यो गीतको संगीतकार भने आशिक राई रहेका छन्। पवन डंगोलको छायाँकन रहेको छ भने, निर्देशन गायिका तथा अभिनेत्री डंगोलको आफ्नै रहेको छ।

प्रकाशन मिति–२०७७ साल पुस १७ गते शुक्रवार ।