काठमाडौं। मंसिर–पुस महिनाको चिसो याममा गरमा–गर्मी हट–सिनले भरिपूर्ण म्युजिक भिडियो सार्वजनिक भएको छ।

नेपाली चलचित्र उद्योगमा कुनैबेला डविङ स्टारको रुपमा अत्यन्त नामी कलाकार बेबिन अमात्य र प्रतिक्षा खड्का अभिनित उक्त हट म्युजिक भिडियो रिलिज भएको हो।

हर रात बोलको उक्त भिडियोमा बेबिन अमात्य र प्रतिक्षा खड्काले दिल खोलेर गजबले अभिनय गरेका छन्। अनिल शाही र गायिका छन्द क्षेत्रीको गीतमा गायन रहेको छ।

बेबिन अमात्यको शब्द तथा संगीतकार नबिन श्रेष्ठको संगीतमा गीत बनेको हो। हर रातको भिडियोमा प्रेम लामाको छायाँकन,टेकेन्द्र शाहको सम्पादन तथा बेविन अमात्यको निर्देशन रहेको छ।

प्रकाशन मिति–२०७६ साल मंसिर २७ गते शुक्रवार ।