China Tibbetकाठमाडौ। चीनको तिब्बतलाई केन्द्रविन्दू बनाएर मंगलवार राति ११ बजेर ७ मिनेटको समयमा भूकम्प गएको छ। ४.४ रेक्टरको तिव्वतमा गएको भूकम्प नेपालको अधिकाँश पूर्वीनेपालका जिल्लामा समेत महशुश गरिएको छ।

पूर्वीनेपालको ताप्लेजुङ्ग जिल्ला लगायतमा बढी नै महशुश गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। तिब्बतको भूकम्पको धक्का पूर्वीनेपालका जिल्लामा महशुश भएपछि त्यहाँका प्राय नेपालीहरु घरवाट वाहिर निस्केका थिए।

केही समय उनीहरुमा नजानिदो भय उत्पन्न भएको पूर्वीनेपालका भिजन संसार प्रतिनिधिले बताएका छन्।
प्रकाशन मिति–२०७३ साल बैशाख ८ गते बुधवार ।