रसुवा। चीनसंग जोडिएको जिल्ला रसुवामा एकजना महिलामा ‘कोरोनाभाइरस’को संक्रमण भएको आशंका गरिएको छ। जिल्ला अस्पताल रसुवाले चीनको केरुङबाट फर्किएकी एक महिलामा कोरोनाभाइरस संक्रमण भएको आशंका गरेको हो।

माघ पहिलो साता केरुङबाट फर्किएकी २४ वर्षीया ती महिलाको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको पनि अस्पतालले जनाएको छ।

केरुङबाट फर्किएकी महिला बिरामी परेपछि गाउँमा झारफुक र धामी–झाँक्री गर्दा निको नभएपछि अस्पताल ल्याइएकोमा कोरोनाभाइरस संक्रमण भएको आशंकामा उनलाई छुट्टै स्थानमा राखेर उपचार गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार खरेलको भनाई रहेको छ।

१५ दिनको लागि रसुवागढी नाकाबाट नेपाल आवत–जावत बन्द गरिएको छ।
प्रकाशन मिति–२०७६ साल माघ १७ गते शुक्रवार ।