kerung-border

काठमाडौ। नेपाल र चीनवीचको व्यापार कारोवार आज शुक्रबारवाट फेरि चालु भएको छ। गत हप्तादेखि बन्द रसुवागढी नाका आज शुक्रबारदेखि खुल्ला भएपछि व्यावसायिक कारोबार सुरु भएको हो।

रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार अधिकृत भीम आङ्दम्बेका अनुसार सामान लिन चीनको केरुङ गएका नेपाली ट्रक कन्टेनर नेपाल प्रवेश गर्न थालेका छन् । शुक्रबार मात्र स्याउ बोकेर आएका ४० कन्टेनर नेपाल भित्रिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनलाई ध्यानमा राखी गत कात्तिक १ गतेदेखि उक्त नाका बन्द गरिएको थियो। रसुवागढी नाकाबाट औपचारिक रुपमा कुनै पत्र नआएपनि अनौपचारिक रुपमा सवारी साधन ओहोरदोहोर हुन थालेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले भनेका छन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक १० गते शुक्रबार ।