China Si Chu Wan

काठमाडौ। चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनमा पहिरो जाँदा १ सय ४० भन्दा बढी मानिस बेपत्ता भएका छन्।

एउटा पहाडै खसेर गएको पहिरोमा सिनमो गाउँका झन्डै ४० घर पुरिएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। पहिरोमा परी बेपत्ता भएकाहरुको उद्दार र खोजी जारी छ।

पहिरो गएपछि लिइएको तस्बिरमा पुरै गाउँ पुरिएको देखिएको छ । पहिरोले नदीको दुई किलोमिटर क्षेत्र थुनेको छ। (एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल असार ११ गते आइतवार ।