काठमाडौ। चीनको जन कंग्रेसको बैठकले आइतबार चीनमा दुई कार्यकालमात्र राष्ट्रपति बन्न पाउने नियमलाई खारेज गरेको छ। यो खारेजी निर्णयसँगै सी चिनफिङलाई आजीवन राष्ट्रपति बन्ने बाटो खुलेको छ।

सत्तारुढ कम्युनिस्ट पार्टी अफ चाइनाको यो निर्णयले सीलाई अनिश्चितकालसम्म सत्तामा रहने बाटो खोलिदिएको हो। उनको कार्यकाल सन् २०२३ सालमा सकिदै थियो। चीनिया कांग्रेसका कुल २ हजार ९ सय ६४ प्रतिनिधिमध्ये यो निर्णयको विपक्षमा दुई जनाले मात्र मतदान गरेका छन्।

बैठकमा तीन जना सदस्य अनुपस्थित भएको चीनिया सञ्चार माध्यमले उल्लेख गरेका छन्। अन्य देशमा संसदले कानुन बनाए जस्तै चीनमा भने कम्युनिस्ट पार्टीको कंग्रेसले कानुन निर्माण गर्दैआएको छ।

प्रकाशन मिति–२०७४ साल फागुन २७ गते आइतवार ।