काठमाडौ । चीनमा एक भवन भत्किाँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। पूर्वी प्रान्त जेजीआङ्गमा अवस्थित एक आवासिय भवन भत्किँएको चीनिया सञ्चारमाध्यमले जनाएका छन् । यस घटनाबाट दुई महिलालाई भने जीवितै उद्धार गरिएको अधिकारीहरुले जनाएका छन्।

Chinese Residency Home

एक ६३ बर्षीया महिलालाई स्थानीय समयानुसार बिहीबार राति १०ः४० बजे र अर्का एक महिलालाई शुक्रबार विहान ७ बजे सो भवनको भग्नावशेषबाट उद्धार गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । यी दुवैलाई उपचारको लागि नजिकको अस्पतालमा लगिएको बताइएको छ।

वेनचेङ्ग काउन्टीको दहुई गाउँमा रहेको पाँच तले आवासिय भवन भत्किएर थियो । दुई वटा परिवारका नौ व्यक्ति बसोवास गर्दै आएका उक्त आवासिय भवन स्थानीय समयाअनुसार बिहीबार विहान आठ बजे भत्किँएको थियो ।

सो भत्किएको भवननजिकै आवासिय इलाकामा बसोवास गर्दै आएका ५८ जना व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७३ साल माघ २२ गते शनिवार ।