china-bridgeकाठमाडौ। चीनमा रहेको विश्वकै सवैभन्दा अग्लो पुल शुक्रवारवाट खुल्ला गरिएको अन्तरराष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार दुईओटा पहाडी प्रान्तहरु युनान र गुइजोउ प्रान्तलाई जोड्ने बेइपान्जिङ पुल नदीदेखि ५६५ मिटर माथि रहेको अधिकारीहरुले जानकारी दिएका छन्।

युनान प्रान्तको छुङवेइदेखि गुइजोउको सुइचेङसम्मको यात्राका लागि यो पुल बनेपछि एकपटकमा चार घन्टाभन्दा बढी समय छिटो हुने सवारीचालकहरुले बताएका छन्।‘यी दुई ठाँउमा आवत–जावत गर्नुपर्नेहरुका लागि यो पुल निकै उपयोगी भएको छ’–एक चालकले भने। यस पुलले यसअघिको सबैभन्दा अग्लो पुलकारुपमा रहेको सी डु रिभर ब्रिजलाई पनि उछिनेको छ।

विश्वका अग्ला पुलहरुमध्ये धेरैजसो चीनमै रहेका छन्।
प्रकाशन मिति–२०७३ साल पुस १५ गते शुक्रबार ।