Chinese urine drinkedकाठमाडौ। मुत्र सेवन स्वास्थ्यको लागि अत्यन्त लाभदायक छ। कतिपय मुलुकमा मुत्र सेवन अर्थात आफ्नो पिसाव सेवन गर्ने प्रचलन रहेको छ। नेपालमा पनि कतिपय व्यक्तिहरुले स्वास्थ्यको लागि मुत्र सेवन गर्नेहरु पाइएको छ। चीनमा भने आफ्नो पिसाव सेवन गर्नेहरुको होडबाजी नै चल्न थालेको छ। यसैक्रममा शरीरलाई स्वस्थ बनाउनका लागि चीनमा पिसाव सेवन गर्न प्रोत्साहित गर्ने एक संस्था नै खुलेको छ। जसको नाम चाइनिज युरिन थेरापी एसोसियसन राखिएको छ।

चीनको उहान सहरको कंगयुयुयान क्षेत्रमा यो संस्था रहेको छ । यो संस्थासँग आबद्ध सबै मानिसहरुले आफ्नै पिसाब पिउने गरेका छन् । बाओ याफु र यी डोंगसान नामका दुइ व्यक्तिले पिसाब पिउने यो अभियनको सुरुवात गरेका हुन् । यी दुइजना हरेक दिन बिहान बिहान चिनिया युरिन थेरापी एसोसियसनको बाथरुमबाट निस्किन्छन् । उनीहरु बाथरुममा छिरेर कपमा पिसाब गर्दछन् र पिसाब लिएर बाहिर आउँछन् र कपको पिसाब सनक्क पिउँछन्। युरिन थेरापी एसोसिएसन नामक संस्थाका अनुसार मानिसको पिसाबले घाउ, कब्जियत लगायतका रोगबाट मुक्ति दिलाउँदछ।

एसोसिएसनका सदस्यहरुले पिसाब पिउने मात्र होइन पिसाबले आफ्नो मुख तथा आँखा पनि सफा गर्दछन्। अनुहारमा चमक ल्याउन तथा आँखाको ज्योति गुम्न नदिनका लागि पिसाब निकै सहयोगी हुने विश्वास उनीहरुमा छ। यो संस्था सन् २००८ मा स्थापना भएको हो । तर यसलाई चीनको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म मान्यता दिएको छैन । सन् २०१० मै यो संस्थाका सदस्य ८ सय पुगेका थिए अहिले १ हजार पुगिसकेका छन्। सदस्यहरु सबै बिहानै संस्थाको कार्यालयमा जम्मा भएर बाथरुममा गई कपमा पिसाब फेरेर पिउँछन्।
प्रकाशन मिति–२०७३ साल असार २१ गते मंगलवार ।