काठमाडौं। विश्वमा महामारीको रुपमा आतंक फैलाइरहेको कोरोनाभाइरसको उदगम मुलुक चीनमा भूकम्प गएको छ। चीन केन्द्रविन्दु भएको आज विहान शुक्रवार भूकम्प गएको हो।

भूकम्पको धक्का नेपालको राजधानी काठमाडौंलगायतका स्थानसम्म हल्का महसुस भएको छ। राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार बिहान ७ः१८ बजे ६.२ रेक्टर स्केलको भूकम्प गएको हो।

केन्द्रका अनुसार, काठमाडौंसम्म यही भूकम्पको धक्का महसुस भएको हो।
प्रकाशन मिति–२०७६ साल चैत्र ७ गते शुक्रवार ।