काठमाडौं। छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई थप १० लाख डोज खोप अनुदानमा दिने भएको छ।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसंगको लामो टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिनले नेपाललाई थप १० लाख डोज खोप अनुदान सहयोग दिने प्रतिबद्धता जनाएको हो।

नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले ट्वीट गर्दै राष्ट्रपति सीले टेलिफोन वार्ताका क्रममा नेपाललाई अनुदान सहयोगअन्तर्गत १० लाख खोप दिने घोषणा गरेको खुलासा गरेकी छन्।

चीनले यसअघि नेपाललाई ८ लाख डोज खोप अनुदानमै दिएको थियो ।
प्रकाशन मिति–२०७८ साल जेठ १२ गते बुधवार ।