काठमाडौं। चीन सरकारले नेपाली सेनालाई दुई अर्बभन्दा बढी रकम बराबरको सहयोग गर्ने भएको छ । चीन भ्रमणमा रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ रक्षामन्त्री जनरल वि फेन्हीबीच आइतबार यससम्बन्धमा हस्ताक्षर भएको हो।

दुई मन्त्री पोखरेल र फेन्हीबीच १ सय ५० मिलियन युआन अर्थात् करिब दुई अर्ब ४१ करोड २४ लाख ३७ हजार १४८ रुपैयाँबराबरको सहयोग सम्झौतामा हस्ताक्षर गरिएको हो। यो सहयोग मानवीय तथा विपद व्यवस्थापनसँग सम्बन्धित सामग्री उपलब्ध गराउनमा खर्च गरिने छ।

हालै सम्पन्न चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा उक्त सहयोगको प्रतिबद्धता भएको थियो ।सम्झौताबमोजिम आगामी तीन वर्षमा सामग्रीहरुको विवरणको आधारमा नेपाललाई हस्तान्तरण गरिने रक्षा मन्त्रालयले जनाएको छ ।
प्रकाशन मिति–२०७६ साल कात्तिक ३ गते आइतवार ।