Chinese Presedentकाठमाडौ। नेपालमा केपी शर्मा ओली नेतृत्वको सरकार हुंदा नै चीनिया राष्ट्रपतिको भ्रमण हुने बताएतापनि ओली सरकार विघटन भएपछि बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा आउने लगभग जस्तो निश्चित भएको छ।

नेपाल भ्रमणमा रहेको चाइना इन्ष्टिच्युट अफ कन्टेम्पोररी रिलेसन्सको टोलीले चीनिया राष्ट्रपति सी जिनपिङ्गको आगामी असोज महिनासम्ममा नेपाल भ्रमण हुने सक्ने जानकारी गराएको छ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा मंगलवार दाहालसंगको भेटमा उक्त टोलीले जानकारी गराएको राससले उल्लेख गरेको छ। टोलीले चीनले बर्तमान नेपालको सरकारसंग सकारात्मक र दिगो संवन्ध स्थापना गर्न चाहेको प्रधानमन्त्रीलाई अवगत गराएको छ।
प्रकाशन मिति–२०७३ साल साउन २५ गते मंगलवार ।