Tatopani Nakaकाठमाडौ। चीन प्रवेश गर्ने दुई प्रमुख नाका तातोपानी र केरुङ्गमा अस्थायी सीमा पास लिएर त्यहांको बजार क्षेत्रमा नेपालीहरुलाई आवत–जावत गर्न चीन सरकारले दिदैआएकोमा केही दिन यता त्यसमा कडाई गरेको छ।

सीमा क्षेत्रमा तस्करी लगायत अवैध गतिविधि बढेको भन्दै चीन सरकारले ती नाकामा आवत–जावत गर्न अनिवार्य भिसा लिनुपर्ने कडाई गरेको छ। भिसा नलिइकन त्यहाँ आवत–जावत गर्न रोक लगाएको छ। जसवाट सीमा वरपर बसेर चीनको ती नाकावाट सामान ल्याएर नेपालमा विक्री गर्ने नेपाली व्यापारीहरुलाई असहज र कठिनाई उत्पन्न भएको छ।

तातोपानी र केरुङ्ग नाका मात्र नभइकन चीनसंग जोडिएका प्रयोगमा नआएका अन्य नाकाहरुमा पनि चीनले कडाई गर्न थालेको नयाँ पत्रिका दैनिकले उल्लेख गरेको छ।

Kerung Nakaप्रकाशन मिति–२०७३ साल भदौ ८ गते बुधवार ।