–श्याम स्मृत
काठमाडौं। नेपाली गीत–संगीतमा अझ माटोको मौलिक गीत–संगीत झल्कनु पर्दछ । माटोको सुगन्ध आएको हुनु पर्दछ। जुन संगीत नै वास्तविक नेपाली गीत–संगीत हो। वास्तविक संगीत भित्र नेपाली मौलिक भाका तथा ठेट लोकलय हुने गर्दछ। यसमा सवैजना मज्जाले झुम्ने गर्दछ। आफूलाई अलिकति भएपनि आनन्दको महशुश हुने गर्दछ।

यही मौलिक संगीतको अर्गानिकतामा नेपाली लोकदोहरी र तिज गीतको संगीतले सुबाष दिने कार्य युगौदेखि हुंदैआएको कुरा कसैवाट छिपेको पाइदैन। लोकभाकामा नेपाली मौलिकता र नेपाली माटो सुहाउंदो संगीत भएको कारण यसमा सानैदेखि रम्ने स्रष्टामध्येकी ख्यातिप्राप्त स्रष्टा कला लम्साल पनि हुन्। नेपाली लोकदोहरी तथा तिज गीतका भाकामा अग्रपंक्तिमा आउने गायिका कला लम्सालको एक पछि अर्को गरेर हरेक बर्षको तिजको अवसरमा कुनै न कुनै तिज गीतको भाका सार्वजनिक हुने गरेको छ।

यसक्रममा, यो बर्षको तिजलाई लक्षित गरेर पातली ३ नामक तिज गीतमा झिल्के भेना बोलको भाका सार्वजनिक गर्ने कार्य गायिका कला लम्सालवाट भएको छ। यसै गीतको ठेट भाकामा चुरोट खिल्ली भेना फिलिली बोलले सवैको मनलाई आकर्षित पारेको छ।

भेना र सालीको छेडछाडलाई यस तिज गीतमा अर्गानिकता दिने कार्य गायिका कला लम्सालवाट भएको छ। शिव हमालको शव्द लय संकलन रहेको यस तिज गीतमार्फत नेपाली हिन्दू महिलाहरुको महान पर्व तिजमा विशेषत तिज गीत भनेपछि विलकुलै महिलाले मात्र गाउनु पर्दछ भन्ने मान्यता राख्ने कार्यलाई निरन्तरता दिएको छ।

महिलाको आवाज अर्थात गायन हुनुपर्ने तिज गीतमा महिलाकै मात्र हुनुपर्ने मान्यता राख्ने गायिका कला लम्सालले हालसम्म चार दर्जन तिज गीत गाइसकेकी छन्। त्यसको अलावा नेपाली छनकमय लोकदोहरी गायनमा पनि कला लम्सालले छलाङ नै मारिसकेको अवस्था रहेको छ।

लोकदोहरी तथा तिज गीत वाहेक अन्य गीत गाउने व्यापक क्षमता भएतापनि यसैमा स्पेशलाइज गर्दैआएको कारण तिज गीत तथा लोकदोहरी वाहेक अन्य गीत गाउने खासै इन्छा नभएको खुलासा पनि कला लम्सालले गरेकी छन्। त्यसको अलावा प्राय आफ्ना गीतका भाकामा आफै प्रस्तुत हुने कला लम्सालले स्टेज प्रोग्राम गर्दा पनि नेपाली राष्ट्रिय झण्डा अंकित गुन्युचोलीमा प्रस्तुति दिने भएका कारण अरुभन्दा कला लम्साल अलि फरक देखिने गरेको छ।

राष्ट्रियता वोकेकी राष्ट्रवादी लोकदोहरी गायिकाको रुपमा पनि कला लम्साल चम्केकी छन्। पश्चिम नेपालको तनहुँ जिल्लाको थर्पुमा पिता लिलामणि लम्साल र माता राधा लम्सालको कोखवाट जन्मेकी कला लम्सालले सानैदेखि गीत गाउंदै अगाडि बढ्ेकी हुन्। शुरुवातीका दिनमा कम्पोटिसन सिंगरको रुपमा आएकी कला लम्सालले केही बर्ष नेपाल पुलिस क्लबमा सरकारी कर्मचारीको रुपमा कार्यरत रहंदा कलाकार भनेरै चिनिएकी थिइन्।

पोखराको पृथ्वीनारायण क्याम्पसवाट आइए उत्तिर्ण गरेर विसं.२०६५ सालमा काठमाडौंको त्रिचन्द्र क्याम्पसमा ब्याँचलर ज्वाइन गरेर पढाई अगाडि बढाइरहेको अवस्थामा विसं.२०६७ सालमा पुलिस क्लबको जागिरे वनेकी थिइन्।

पुलिस क्लबको जागिरे जीवनवाटै गायन कलाकारितामा अग्रता दिएकी कला लम्सालले स्वदेश तथा विदेशका धेरै स्टेजहरुमा डाइरेक्ट अनेक गायन प्रस्तुति दिइसकेकी छन्।
गायनमा आफैले मज्जाले अभिनय गर्ने कला लम्सालभित्र गजबको कलाकारिता भएको कारण पनि अरुभन्दा अलि फरक भएको उनी निकट प्रायको प्रतिक्रिया रहेको छ।

Photo By-Chyanga Lama  (नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल साउन ३० गते शनिवार ।