काठमाडौं। चुरोट स्वास्थ्यका लागि हानिकारक छ। हानिकारक छ भन्ने थाहा हुंदा–हुंदैपनि यस अम्मललाई नयाँ पुस्ताले अझ अंगालिरहेको पाइन्छ। हिजोका दिनमा महिला कम बढी पुरुषले चुरोट खाने अर्थात धुम्रपान गरिरहेको देखिन्छ भने, आजका दिनमा पुरुषको बराबरीमा महिलाहरु पनि धुम्रपान गर्नेमा कम देखिएका छैनन्।

धुम्रपानले स्वास्थ्यमा अनेक समस्या पैदा गर्नुको अलावा फोक्सोको क्यान्सर लगायतका समस्या ल्याउने थाहा हुंदा–हुंदैपनि बुझ पचाएर चुरोट खाने प्रवृतिको निराकरण गर्न धेरैलाई कठिनाइ भैरहेको पाइन्छ। यो समस्यालाई हल गर्ने सरल र सामान्य तरीका रहेको छ। जुन यसप्र्रकार रहेको छ–


१.चुरोट खाएपछि आफूलाई के फाइदा हुन्छ ? त्यसवारेमा मनमगन भएर सोच्नुस्। चुरोट खाएर तीन फाइदा मात्र पत्ता लगाउनुस्। तपाई आफैले तीन फाइदा त के ? एक फाइदा पनि पत्ता लगाउन नसकेपछि तपाई आफैलाई ग्लानी लाग्न सक्छ। र अन्ततःतपाईको मनले मनमगन गरेर चुरोट खाने बानी छाड्न तपाईको आफ्नै मनले भन्ने छ।

२.बिहानै उठेर दुई गिलास पानीमा कागती मिसाएर दैनिक पिउने।

३.जब चुरोट पिउन तल्तल् लाग्छ, आफैले आफैलाई सम्झाउनु कि ‘मलाई चुरोट छोड्नु छ।’ चुरोट छाड्न सबैभन्दा बढी आफ्नै इच्छाशक्ति आवश्यक हुन्छ।

३.चुरोट छाड्ने निधो गरिसकेपछि कहिलेदेखि छाड्ने मनमनै मिति तोक्नुहोस्। त्यसपछि पनि तपाईंलाई चुरोट पिउन मन लाग्नेछ । यस्तो बेला तपाईं आरामसँग बस्नोस् र लामो श्वास तानेर पानी पिउनुहोस् । यसो गर्दा तपाईंको ध्यान अन्तै मोडिन्छ।

४.अमलालाई घाममा सुकाउनुहोस्, त्यसमा कागती र नुन हालेर बट्टामा राख्नुहोस् र जतिबेला पनि आफ्नै साथमा राख्नुहोस् । जब चुरोट पिउने तल्तल् लाग्छ, त्यतिबेला बट्टाको अमला थोरै–थोरै निकालेर खानुहोस् । यसका साथै मौसम, सुन्तला र अंगुरजस्ता फलफूलका जुस पिउने गर्नाले पनि चुरोटको सम्झना मेटिन सक्छ।

५.चुरोट तथा सूर्तिजन्य पदार्थ छाड्दा सुरुका दिनमा चिडचिड हुने, नैराश्य हुने, छटपटी हुनेजस्ता लक्षण देखिन्छन् । यस्ता लक्षणले कसको कति चुरोट खाने बानी थियो भन्ने कुरा पनि पत्ता लाग्ने बताइएको छ।प्रकाशन मिति–२०७५ साल असोज ७ गते आइतवार ।