Makhamali Shubhechha Thapaकाठमाडौ। दुई चलचित्र को हुँ म र मिस नेपाल निर्माण पछि नायिका शुभेच्छा थापाले निर्माण गरेको तेश्रो चलचित्र मखमली यही चैत्र १९ गतेवाट अलनेपाल रिलिज हुने भएको छ। जसमा नायिका थापा बेश्याको भूमिकामा रहेकी छन्। शहरको परिवेश भन्दा पर गाउँको परिवेशमा हुर्किएको कथामा चलचित्र मखमली निर्माण भएको छ। उनै मखमली शहरमा कसरी विक्री हुने गर्दछ भन्ने विषयमा चलचित्र मखमली बेग्लै सोच र ढंगवाट तयार भएको नायिका थापाले भनेकी छन्।

Makhamali Shuvechha Thapaमखमली त्यो पात्र हो। जो गाउँमा उनी जन्मेकै दिन उनकी आमाको दुःखद निधन भएको हुन्छ । आमाको मृत्युलाई कारकको रुपमा लिएर गाउँले परिवेशले आमा टोकुवी जस्ता विविध नाम तथा उपनाम पाएर हुर्केकी उनै मखमलीको यौवन शहरमा आएपछि कसरी लिलामा हुने गर्दछ भन्ने जल्दोबल्दो विषय चलचित्र मखमलीले उत्थान गर्ने गरेको छ। जुन कारुणिक भैकन यथार्थपरक बनेको छ।

यस चलचित्रलाई नेपाली चलचित्रलाई माया गर्ने दर्शकले रुचाउने नायिका थापाको जिकिर रहेको छ।
राजु गिरीको निर्देशनमा बनेको चलचित्र मखमलीमा कथाले मागेको सहवासको दृश्य देखि यौवनको लिलाम हुने बेलामा हुने विविध हाउभाउलाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको नायिका थापाको भनाई रहेको छ। नेपालको जल्दोबल्दो विषयमा विषय उत्थान गरेर ओस्करको यात्रासम्मलाई तय गर्ने उदेश्य बोकेको भएकोले चलचित्र मखमली यसपालिको विशेष चलचित्रको रुपमा लिएको भिजन संसारसंगको कुराकानीको क्रममा नायिका थापाले भनेकी छन्।

Shubechha Thapa's Hot Bedseen“कतिपयले यस चलचित्रलाई डकुड्रामा या डकुमेन्ट्री भन्न बेर मान्ने छैन् । यसमा मलाई कुनै डर छैन् । मैले मखमलीलाई चलचित्र भन्दा डकुड्रामा या डकुमेन्ट्री नै बनाउने कोशिश गरेकी छु । बास्तविक चलचित्रलाई सवैले डकुड्रामा या डकुमेन्ट्री भनेर यहाँ ह्यारेसमेन्ट गर्ने प्रचलन नै रहेको छ ।” उनले यस चलचित्रको रिलिज पश्चात आफूलाई बेश्या भन्ने आरोप आउने भएकोले त्यसको लागि आफू तयार रहेको बताउँदै जुन त्यसो भएमा मेरो सफलता हुनेछ भनेकी छन् ।

काठमाडौको रत्नपार्क वरपर हुने देहव्यापार स्थललाई प्राइम लोकेशनको रुपमा लिएको र गाउँको परिवेशलाई हाललाई खुलाउन नचाहेकी भनिन् । देशमा नचलेपनि विदेशमा तथा विदेशमा रहेका नेपालीहरुको लागि मसला फिल्म बन्ने दावी उनको रहेको छ । मिलेमा अमेरिका तथा बेलायतबाट रिलिज गर्ने प्रयास पनि आफ्नो रहने उनले बताएकी छन् ।

प्रकाशन मिति–२०७२ साल चैत्र ५ गते शुक्रबार ।