काठमाडौ। नेपालमा नयाँ प्रधानमन्त्री भएको लगतै विदेश भ्रमणको सिलसिलामा भारतको भ्रमण गर्ने अनि भारतलाई रिझाउने त्यो क्रम तथा उपक्रमले निरन्तरता पाउने भएको छ।

 

त्यो निरन्तरता दिने कार्य संघीय गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गर्ने भएका छन्। ओलीको राजकीय भारत भ्रमण यही चैत्र २३ गतेदेखि हुने भएको छ। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमण तीन दिनको हुने भनेको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति राम नाथ कोविन्द, उपराष्ट्रपति एम भेनाकाही नाइडु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटबार्ता गर्ने कार्यक्रम रहेको पनि मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पटनानगर र उत्तराखण्डको भ्रमण गर्ने कार्यतालिका छ।
प्रकाशन मिति–२०७४ साल चैत्र १६ गते शुक्रबार ।