काठमाडौं। हरेक वर्ष चैत कृष्ण औंसीका दिन मनाइने परम्परागत पर्व आज घोडे जात्रा ! काठमाडौ उपत्यकामा आज चैत कृष्ण औंसीका दिन घोडे जात्रा पर्व मनाउने चलन रहेको छ।

यस पर्वको अवसरमा नेपाली सेनाले काठमाडौंको मुटु टुँडिखेलमा घोडदौड अर्थात अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ।
कोरोना संक्रमण बढ्दै गएपछि सेनाले थोरैलाई आमन्त्रित गरेर साङ्केतिकरूपमा मात्र जात्राका कार्यक्रमलाई निरन्तरता दिन लागेको जनाएको छ।

काठमाडौं उपत्यकाका नेवार समुदायले आजका दिनलाई पिशाच चतुर्दशीका रुपमा पूजाआजा गरेर मनाउँने गर्दछन् । ललितपुरमा पनि एउटा घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ।

प्राचीनकालमा गुरुमापा नामक राक्षसले बालबालिका खाएर दुःख दिएपछि तान्त्रिकको सल्लाहमा स्थानीय बासिन्दाले उक्त राक्षसलाई समातेर टुँडिखेलको बीचमा लगेर गाडेको र त्यस राक्षसको शक्ति क्षीण गर्न शक्तिको प्रतीक घोडालाई दौडाउने गरिएको
किम्वदन्ती रहेको छ।


प्रकाशन मिति–२०७७ साल चैत्र २९ गते आइतवार ।