काठमाडौं। नागरिकका तर्फबाट चौतर्फी विरोधपछि सरकारले सवारीसाधनमा लागू गरेको जोर–बिजोर प्रणाली हटाएको छ। काठमाडौंमा चार दिनका लागि लागू गरेको सवारी साधनको जोर–बिजोर हटाउन सरकार बाध्य बनेको हो।

शुक्रबार विहान ११ः३० बजेवाट जोर–बिजोर प्रणाली हटाएर सुविधा दिने कार्य भएको छ। अन्तरराष्ट्रिय गैरसरकारी संस्था एसिया प्यासिफिक सम्मेलनका लागि भन्दै ट्राफिक प्रहरीले हिजो विहीवारदेखि चार दिनसम्म काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणाली लागू गरेको थियो।

जोर–बिजोर प्रणाली लागू भएपछि नागरिकले चर्को सास्ती खेप्नुपरेको थियो । त्यसको चौतर्फी विरोध भएपछि गृह मन्त्रालयले जोरबिजोर प्रणाली हटाउन ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको हो।
प्रकाशन मिति–२०७५ साल मंसीर १४ गते शुक्रवार ।