Muglan Pari 1काठमाडौ। चौध भाषामा सपना देख्ने निर्देशकको रुपमा ख्याति कमाएका हरि उदासीको लेखन तथा निर्देशनमा नयाँ चलचित्र मुग्लान पारी निर्माण हुने भएको छ। पारस खड्को प्रस्तुति तथा पूर्णिमा शाहको निर्माण रहने बताइएको चलचित्र मुग्लान पारीको काठमाडौको कलंकी स्थित ज्योतिष गुरुदेव नवराज वागदासको आश्रममा एक समारोहका वीचमा शनिवार शुभमुहुर्त कार्य संपन्न भएको छ।

Muglan Pari 6

Muglan Pari 4

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको प्रमुख आतिथ्यमा संपन्न शुभमुहुर्त समारोहको प्रमुख आकर्षण दुई बरिष्ठ अभिनेता रविन्द्र खड्का र सरोज खनाल देखिए। प्राय लगभग नयाँ कलाकार रहेको चलचित्र मुग्लान पारीमा यी दुई अभिनेताको प्रमुख भूमिका रहेको कारण यी दुई अभिनेताको आकर्षण नै बेग्लै रहेको निर्देशक उदासीले भनेका छन्। तर, यी दुई अभिनेताको चलचित्रमा कस्तो खाले भूमिका हुने भनेर निर्देशक उदासीले खुलाउन भने चाहेनन्।

Muglan Pari 3

चलचित्रमा नायिका पनि गोप्य नै राखिएको छ। नायिकाको नाम खुलाएको छैन्। ज्योतिष गुरुदेव नवराज वागदासको जन्मदिनको अवसर पारेर चलचित्र मुग्लान पारीको मुहुर्त गरिएको भनेर निर्माण पक्षले भनेको छ। मुग्लान पारीको मुहुर्तमा पूजाआजा गरेर जन्मदिन मनाउने ज्योतिष गुरुदेव नवराज वागदासले पनि यस चलचित्रमा विशेष भूमिका निर्वाह गर्ने संभावना रहेको बताइएको छ। चलचित्रको छायाँकन चाँडै हुने भनिएको छ।

Muglan Pari 2

Muglan Pari 7

Muglan Pari 8तस्वीर–सुनिता कायस्थ/भिजन संसार ।
प्रकाशन मिति–२०७३ साल भदौ १८ गते शनिवार ।