काठमाडौ। चर्चित नायिका शुभेच्छा थापा र
ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामा वीच दुवैले दुवैलाई चिनेको भएतापनि औपचारिक रुपमा चिनजान भएको थिएन। आज बुधवार दुवैवीच औपचारिक चिनजान भएको छ। भिजन संसार डटकमको पहलमा दुवैवीच औपचारिक चिनजान भएको हो।

च्याङ्बा लामाको नयाँ बानेश्वर बुद्धनगरमा रहेको सीबी माउण्ट एण्ड फ्रेमिङ कंपनीको कार्यालयमा नायिका थापा र फोटोग्राफर च्याङ्बा लामावीच औपचारिक चिनाजानी गराउने कार्य भिजन संसार डटकमले नै गरेको हो।

दुवै एउटै टोल तथा छिमेकमा बसेतापनि दुवैवीच औपचारिक चिनजान नभएको अवस्थामा यसरी संचार माध्यम मार्फत चिनाजानी हुन पाउंदा अत्यन्त खुशी लागेको दुवैले बताएका छन्। दुवैले दुवैको अत्यन्त तारिफ गर्ने कार्य पनि त्यस चिनाजानी कार्यक्रममा भयो।

त्यसपछि फोटोग्राफर च्याङ्बा लामाको फोटोग्राफी माथि सेल्फी फोटो खिच्ने कार्य नायिका शुभेच्छा थापावाट भयो। अनि च्याङ्बा लामाको अतुलनीय अर्गानिक फोटोग्राफी तथा फ्रेम कंपनीको दिल खोलेर प्रशंशा गर्ने कार्य शुभेच्छावाट भयो।

त्यसरी नै फोटोग्राफर च्याङ्बा लामावाट नायिका शुभेच्छा थापा निर्मित तथा अभिनित चलचित्रको तारिफ गर्ने कार्य पनि भयो। त्यसमाथि, शुभेच्छाले निर्माण गरेको अत्यन्त प्रतिक्षामा रहेको चलचित्र मखमलीको कुरा भयो। मखमली विविध कारणवाट रिलिज गर्न नसकेको र अव चाँडै युट्युबवाट रिलिज गर्ने सोचमा रहेको पनि शुभेच्छाले भनेकी छन्।

यिनै मखमली नायिकाको नामवाट चिनिएकी नायिका शुभेच्छा थापा यतिखेर निर्जला बनेकी छन्। यिनै नायिका निर्जलाको निर्माण रहेको चलचित्र निर्जला यही आउने दशैंको फूलपातीका दिन रिलिज हुने डेट फिक्स भैसकेको छ।

निर्जला रिलिजको डेट फिक्स भैसकेको अवस्थामा कुनैपनि प्रकारको विवादमा आफू आउन नचाहेको र कसैले कसैसंग आफ्नो नाम जोडेर प्रचार गरेको पनि रुचि नभएको खुलासा निर्जला शुभेच्छावाट भएको छ।

प्रकाशचन्द्र न्यौपाने र शुभेच्छा थापाको निर्माण रहेको चलचित्र निर्जलाको निर्देशक राजु गिरी हुन्। यिनै नायिका अभिनित पुरानो चलचित्र पिरिम पर्या छ पनि यही साउन २५ गतेवाट रिलिज हुन गैरहेको छ।


प्रकाशन मिति–२०७५ साल साउन २३ गते बुधवार ।