काठमाडौं। शहरमा घोडाको व्यापक चर्चा छ। अझ सातवटा घोडा दौडिदैरहेको फोटोको त डिमाण्ड नै बढी छ। किन यति धेरै घोडाको फोटोको डिमाण्ड भयो भन्ने कुरा फोटोग्राफर तथा फ्रेमर च्याङ्बा लामालाई पनि त्यति धेरै थाहा छैन्।

यद्यपि, दौडिरहेको घोडाको तस्बीरलाई फ्रेमिङ गर्न तथा तस्बीर किन्नेहरुको लर्को भने दैनिकजसो बृद्धि भैरहेको छ।

च्याङ्बा लामाको काठमाडौं महानगरपालिका वडा नंबर १० बुद्धनगर बानेश्वर स्थित सीबी माउण्ट एण्ड फ्रेमिङ सेन्टरमा दौडिरहेको घोडाको तस्बीर खोज्न आउनेहरुको लर्को नै रहेको छ।

दौडिरहेको घोडाको तस्बीरलाई उत्तर फर्काएर राखेमा घरमा कुनैपनि प्रकारका खराब शक्तिले प्रवेश नपाउने र प्रवेश भएमा पनि दौडिरहेको घोडाले कुल्चने विश्वास रहेको कारण पनि शायद दौडिरहेको घोडाको तस्बीरको डिमाण्ड बढे्को हुनुपर्ने तर्क च्याङ्बा लामाको रहेको छ।

प्रकाशन मिति–२०७८ साल मंसीर ४ गते शनिवार ।