काठमाडौं। कुटुमा कुटु बोलको हिट गीतवाट नेपाली चलचित्रको रंगीन दुनियाँमा छपक्कै छाएकी अब्बल दर्जाकी नायिका स्वस्तिमा खड्काको बेग्लै नाम र पहिचान रहेको छ। पछिल्लो पुस्ताकी नायिकाहरुको होडमा अब्बल नायिका स्वस्तिमाको बेग्लै नाम र पहिचान भएको हो ।

यो कुरामा कुनै शंका नभएको ठहर विश्वविख्यात नेपाली फोटोग्राफर तथा फ्रेमर च्याङ्बा लामाको रहेको छ । च्याङ्बा लामाको काठमाडौं नयाँ बानेश्वर बुद्धनगर स्थित सी.बी.माउण्ट एण्ड फ्रेमिङ कंपनीको भिजिट गर्न पुगेकी नायिका स्वस्तिमा खड्काले फोटोग्राफर तथा फ्रेमर च्याङ्बा लामाको फोटोग्राफी एवम् फ्रेमिङको दिल खोलेर तारिफ गरेकी छन्।

राष्ट्रपतिव्दारा अवार्ड पाउन सफल नायिका खड्काले अत्यन्त खुशी बनेर राष्ट्रपतिले आफूलाई अवार्ड दिदैगरेको फोटोलाई च्याङ्बा लामाको स्टुडियोमा रहेको चित्ताकर्षक फ्रेममा सजाउने कार्य पनि गरिन् । प्रतिक्रियामा आफूलाई च्याङ्बा लामाको फोटो तथा फ्रेम ज्यादै मन परेको नायिका खड्काले भनेकी छन्।

साथमा विख्यात गायक प्रकाश सपुतले पनि च्याङ्बा लामाको फोटोग्राफी र फ्रेमिङलाई दिल खोलेर तारिफ गर्दा च्याङ्बा लामाले यो सवै तपाईहरुकै विश्वास हो भनेर भन्न चुकेनन्। दुवैलाई धन्यवाद तथा आभार व्यक्त गर्दै अझ धेरै राम्रो काम गर्न वाँकी रहेको लामाले भनेका छन् ।

प्रकाशन मिति–२०७८ साल पुस २१ गते बुधवार ।