पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, माधव नेपाल र झलनाथ खनालसंग सेल्फी खिच्दै दीपक र प्रियंका
पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, माधव नेपाल र झलनाथ खनालसंग सेल्फी खिच्दै दीपक र प्रियंका

काठमाडौ। केही समययता नेपालमा नेपाली चलचित्र खासै नचलिरहेको अवस्थामा दीपकराज गिरी तथा दीपाश्री निरौलाको टीमले निर्माण गरेको पछिल्लो चलचित्र छक्का–पञ्जाले आक्रमक व्यापार गर्न सफलता पाएको छ।

पूर्वप्रधानमन्त्री माधव नेपाललाई हलमा स्कर्टिङ्ग गर्दै निर्देशक दीपाश्री निरौला
पूर्वप्रधानमन्त्री माधव नेपाललाई हलमा स्कर्टिङ्ग गर्दै निर्देशक दीपाश्री निरौला

प्रदर्शन भएको तीन दिनमा नै दुई करोड भन्दा बढीको व्यापार गर्न सफल चलचित्र छक्का–पञ्जा हेर्न दर्शकको उर्लदो भीडको अलावा प्राय कहिले पनि चलचित्र नहेर्ने नेकपा एमालेका नेताहरुले पनि हलमा पुगेर छक्का–पञ्जा हेरेका छन्।

नेकपा एमाले नेताहरु छक्का–पञ्जा हेर्न आउंदा कलाकार तथा दर्शकहरु दंगदास
नेकपा एमाले नेताहरु छक्का–पञ्जा हेर्न आउंदा कलाकार तथा दर्शकहरु दंगदास

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका साथ माधव कुमार नेपाल, झलनाथ खनालहरुको भीड नै गएर आइतवार काठमाडौको कमलपोखरी स्थित बिग सिनेमा हलमा चलचित्र छक्का–पञ्जा हेरेका थिए। नेकपा एमालेका नेताहरुको भीडले चलचित्र छक्का–पञ्जालाई अत्यन्त मन पराएको चलचित्रका वितरक गोपाल कायस्थले बताएका छन्।

चलचित्र मारामार चलेपछि निर्देशक दीपालाई दीपक र प्रियंकाको चुम्वन बर्षा साथमा वितरक गोपाल कायस्थ
चलचित्र मारामार चलेपछि निर्देशक दीपालाई दीपक र प्रियंकाको चुम्वन बर्षा साथमा वितरक गोपाल कायस्थ

साथमा बरिष्ठ हाँस्य कलाकारव्द्य मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको टीमै गएर हिजो नै सोही हलमा एकसाथ चलचित्र छक्का–पञ्जा हेरेका थिए। दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र छक्का–पञ्जा शनिवार चावहिल स्थित गोपीकृष्ण मूविभका ६ वटै हलहरु हाउसफूल बनेको थियो।

 छक्का–पञ्जा हेर्ने दर्शकहरुको उर्लदो भीडवाट दीपक र प्रियंका दंगै

छक्का–पञ्जा हेर्ने दर्शकहरुको उर्लदो भीडवाट दीपक र प्रियंका दंगै

दर्शकहरुको अत्यन्त उर्लदो भेलले निर्देशक दीपाश्री निरौलाले हर्षको आँसु खसाल्दा छक्का–पञ्जाका नायक दीपकराज गिरी र नायिका प्रियंका कार्की पनि रोएका थिए। दर्शकहरुको यति धेरै माया पाएको नेपाली चलचित्रको इतिहासमा पहिलो नै भएको उनीहरुले बताएका छन्।

भीडको माझमा छक्का–पञ्जाका कलाकार–माग्ने बूढा पनि आउंदा लहरै बेग्लै
भीडको माझमा छक्का–पञ्जाका कलाकार–माग्ने बूढा पनि आउंदा लहरै बेग्लै

प्रकाशन मिति–२०७३ साल भदौ २७ गते सोमवार ।