chhakka-panza

काठमाडौ। नेपाली चलचित्रको इतिहासमा यो बर्ष नेपाली चलचित्र छक्का–पन्जाले गौरबमय १ सय दिन प्रदर्शनको रेकर्ड राखेको छ। बर्षकै सुपर–डुपर फिल्म मानिएको चलचित्र छक्का–पन्जाले सवैखाले रेकर्डलाई ब्रेक गरेको यस चलचित्रका प्रसिद्ध वितरक गोपाल कायस्थले बताएका छन्।

Popular Nepali Film Distributor Mr. Gopal Kayastha
Popular Nepali Film Distributor Mr. Gopal Kayastha

वितरक कायस्थका अनुसार काठमाडौको बीग मुभी, गुण, गंगा, शुभकामना हलहरुमा प्रदर्शनको १ सय दिनको रेकर्ड कायम गरेको छ। आज शुक्रबार प्रदर्शनको १ सय दिन पुगेको अवसरमा काठमाडौको कोटेश्वर स्थित पुष्पाञ्जली हल तथा बौद्धको सिद्धार्थ हलले आजैवाट पुनःप्रदर्शन शुभारम्भ गरेको छ।

Chhakka Panza Director Deepa Shree with Actor Deepak Raj Giri.
Chhakka Panza Director Deepa Shree with Actor Deepak Raj Giri.

नेपाली चलचित्र एक पछि अर्को चलचित्र फ्लपको मारमा गैरहेको यो बर्षको रेकर्डलाई ब्रेक गरेर ऐतिहासिक रुपमा १ सय दिनको प्रदर्शनको रेकर्ड राख्ने चलचित्र छक्का–पन्जा बन्न पुगेको छ। जसवाट यस चलचित्रका निर्देशक दीपाश्री निरौलाले खुशीको आँशु झार्दै यो सवै नेपाली चलचित्रका दर्शकको माया–प्यार तथा सदभाव भनेकी छन्।

Chhakka Panja Director Deepa Shree with Actress Priyanka Karki
Chhakka Panja Director Deepa Shree with Actress Priyanka Karki

दीपकराज गिरीको लेखन तथा प्रमुख अभिनय रहेको यस चलचित्रमा जीतु नेपाल, बुद्धि तामाङ्ग, माग्नेबूढा, प्रियंका कार्की लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ। चलचित्र हेरुञ्जेल कही कतै बोर नहुने र हंसाएको हसायै गर्ने बेग्लै चलचित्र भएकोले पनि यस चलचित्रको सफलताको मूल रहस्य भएको सवैले भन्ने गरेका छन्।
प्रकाशन मिति–२०७३ साल पुष १ गते शुक्रबार ।