Nepalese Actress Rekha Thapa worshiped Chhathi Maiya in Chhatha Parba.
Nepalese Actress Rekha Thapa worshiped Chhathi Maiya in Chhatha Parba.

काठमाडौ। छठ पर्वको मुख्य दिन आइतवार अस्ताउँदै गरेको सूर्यको विशेष पूजाआजा गरिएको छ। परिवारसहित ब्रतालुहरुले अस्ताउंदो सूर्यलाई अर्घ दिएर छठीमैयाको विशेष आराधना समेत गरेका छन्।

chhathi-rekha-thapa-5

यो बर्ष काठमाडौमा महाभूकम्पको कारण रानीपोखरीको पूर्नरनिर्माण संपन्न नभएकोले कमलपोखरीमा ठूलै मेला लाग्यो। जहाँ नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दवहादुर पुन तथा प्रधानमन्त्री पुष्पकमल दाहाल समेत पुगेर छठीमैयाको पूजाआजा गरेका छन्। यस पर्वको अवसरमा नेपाली चलचित्रका नायिकाहरुमा छठी मैंयाको पूजा तथा आराधना र तिनको ब्रत लिनमा होडवाजी जस्तो नै चलेको छ।

chhathi-rekha-thapa-2

यसक्रममा दुई नायिका रेखा थापा र शिल्पा पोखरेल अग्रपंक्तिमा नै देखिएका छन्। अघिल्ला धेरै बर्षदेखि छठ पर्वमा छठी मैयाको ब्रत तथा पूजाआजा गर्दैआएकी रेखा थापाको लागि नौलो कुरा नभएतापनि शिल्पा पोखरेलेको लागि नयाँ कुरा भएको छ। पहिलो पल्ट यो बर्ष छठी मैयाको ब्रत लिएको शिल्पाले भनेकी छन्।

Actress Shilpa Pokhrel in Pooja of Chhathi Maiya.
Actress Shilpa Pokhrel in Pooja of Chhathi Maiya.

यो बर्ष ब्रत बस्ने अन्तिम तयारीका लागि गृहनगर विराटनगर पुगेकी छक्का–पञ्जा चलचित्रकी निर्देशक दीपाश्री निरौला अन्ततः ब्रत बस्न नपाउंदा खिन्न देखिएकी छन्। महिलाहरुको चारदिने मासिक धर्मका कारण पर सर्न पुग्दा ब्रत लिन नपाएको बताउने दीपाश्री छठ पर्वको अवसरमा निक्कै रमाएकी भने देखिएकी छन्।

Actress & Director Deepa Shree Niraula Chhkka Panza
Actress & Director Deepa Shree Niraula Chhkka Panza

त्यसैगरेर छठ पर्वमा शोभिता सिंखडा, गीता अधिकारी, शुभेच्छा थापा लगायतकी नायिकाहरुले पनि छठ पूजा गरेका छन्। छठ पर्वको चौथो तथा अन्तिम दिन आज सोमवार उदाउंदै गरेको सूर्यलाई अर्घ दिएर छठपर्व संपन्न भएको छ।

Actress Geeta Adhikari
Actress Geeta Adhikari
Actress Sovita Sinkhada
Actress Sovita Sinkhada
Nepalese Actress Shuvechchhha Thapa with Chhatha Pooja.
Nepalese Actress Shuvechchhha Thapa with Chhatha Pooja.

प्रकाशन मिति–२०७३ साल कात्तिक २२ गते आइतवार । नेपाल संवत ११३७ कछला सप्तमि ।