काठमाडौं। छन्दे उपनामवाट अत्यन्त लोकप्रिय हाँस्य–कलाकार गोपाल ढकालको विलकुलै हाँस्य सिरियल टेन्सन–साफ चाँडै आउने भएको छ। छन्दे गोपाल ढकाल र उद्धव प्रसाद भट्टराइको लेखन तथा निर्देशन रहेको टेन्सन–साफ युट्युब च्यानल सुलसुले टेलिभिजन मार्फत विश्वव्यापी रिलिज हुन लागेको हो।

बुद्ध–दृष्टि फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको हाँस्य–सामाजिक टेलिचलचित्र टेन्सन–साफको युट्युव च्यानल ‘सुलसुले टि.भी’मार्फत प्रोमो पनि रिलिज भएको छ। सिरियल अब केही दिनमै प्रसारण हुने जानकारी गोपाल ढकाल छन्देले भिजन संसार डटकमलाई दिएका छन्।

मकवानपुरको वस्तीपुर र काठमाडां आसपासमा खिचिएको उक्त टेलिसिरियलको भाग ८ तयार भइसकेको छ, भने लगत्तै धरानमा सुटिङ् गरिने छ। गाउँसहर जहाँपनि भ्रष्टाचार, ठगी, कुरिती र विसंगतीलाई चिरफार गर्दै समाजलाई सकारात्मक दिशामा उन्मुख गराउनु पर्छ भन्ने उद्देश्यले ‘टेन्सन साफ’ नामाकरण गरिएको छन्देले मज्जाले भनिदिएको छ।

कलाकारहरुमा श्याम राई, उद्धव प्रसाद भट्टराई, गोपाल ढकाल ‘छन्दे’, रोहित कार्की, गीता नेपाल, प्रमिला राई, हर्कमान वाइवा, कृष्ण भीर, उमिशा पाण्डे, रविन भुषाल, आशिका अधिकारी आदिको अभिनय रहेको छ। यस टेलिचलचित्रको गीतमा कृष्ण भट्टराई, उद्धव प्रसाद भट्टराई, गोपाल ढकाल ‘छन्दे’ र गीता नेपालको स्वर रहेको छ। उक्त गीतमा वैकुण्ठ अधिकारीले संगीत भरेका छन् भने पाश्व संगीत तर्फ धनु ग्याङ्गमी रहेका छन्।

गीतमा सम्पादन गोपाल ढकाल ‘छन्दे’ कै रहेको छ, भने श्रृँगार अनु अधिकारी, उमेश पाण्डे (उमिशा)को रहेको छ। प्रोमोको पोस्टर भिएफएक्स दिन्सन शाहले गरेका छन्, भने पोस्ट प्रोडक्सन एभरग्रीन वल्र्डवाईड ईन्टरटेन्मेन्टको रहेको छ।


प्रकाशन मिति–२०७६ साल मंसीर ९ गते सोमवार ।