काठमाडौं। ख्यातिप्राप्त हांस्य अभिनेता गोपाल ढकाल छन्देको निर्देशनमा एक पछि अर्को म्युजिक भिडियो निर्माण भएको छ। यसक्रममा पछिल्लो म्युजिक भिडियो पनि निर्माण भएको हो। त्यस गीतको भिडियोको बोल नै जुन दिन मलाई रहेको छ।

राज लुईटेलको वियोगान्त कथामा निर्मित “जुन दिन मलाई” बोलको आधुनिक गीतको म्युजिक भिडियो युट्युब छन्दे च्यानलबाट रिलिज भैसकेको छ । एभरग्रीन वल्र्र्ड वाईड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्मित भिडियोको गीतमा गायक कृष्णराज भण्डारीको स्वर,शब्द,संगीत रहेको छ। गीतको मुख्य भुमिकामा अभिनेताव्दय संजित भण्डारी,श्रीदेब भट्टराई तथा नव अभिनेत्री चन्दा कुईकेलको स्वभाविक अभिनय छन्। अन्य कलाकारहरुमा प्रेम पाण्डे,रोहित कार्की, सुुशिला बिडारी लगायतको पनि बेजोड अभिनय रहेको छ।

तारा थापा(किम्भे)को सम्पादन, हर्कमान वाईवा (रिदम)को छायांकन, युमिशा पाण्डेको श्रृङ्गार, मनोज ढकालको प्रकाश व्यबस्थापन रहेको छ । अडियो तर्फ सबिन लिम्बुको म्युजिक एरेन्ज, राजा बाबु,अजय कार्की रेकर्डिस्ट, चन्द्र चौधरीको मिक्सिङ्ग रहेकोे छ भने अकेस्टिक रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको यो गीतको पोस्टर डिजाईन आई क्याच स्टुडियोले गरेको छ ।

प्रकाशन मिति–२०७७ साल माघ २४ गते शनिवार ।