काठमाडौ। नेपालको छापाखाना प्रेसको इतिहासमा छापाखाना प्रेस चलाउने र यसलाई नै व्यवसाय बनाएर निरन्तरता दिने कमै रहेको छ। त्यो कम रहेको इतिहासलाई ब्रेक गर्ने कार्य ज्ञानीराजा बज्राचार्यवाट भएको छ।

विसं.२०३० सालमा हाते लेटर प्रेसवाट व्यवसाय शुरु गरेका ज्ञानीराजाले प्रेस अर्थात छापाखानाको व्यवसाय गरेको पनि ४४ बर्ष पुगिसकेको छ। हाते प्रेस ल्याएर छापाखाना शुरु गरेका ज्ञानीराजाको स्वेतकाली प्रेसमा यतिखेर अफसेट प्रेस हुंदै एकैचोटी चारकलर छाप्ने वेभ प्रेस पनि भित्रिसकेको छ।

समयको बदलिदो परिवेश तथा माग अनुसार छापाखानाको क्षेत्रमा आमूल परिवर्तन गर्ने ज्ञानीराजाको त्यो मेहनतलाई दुई छोरा ज्ञानेन्द्र तथा उपेन्द्रले व्होल–टाइमर सारथी नै बनेर कार्य गरेपछि ज्ञानीराजालाई अझ उत्साह मिलेको छ। दुवै छोराले ज्यान दिएर स्वेतकाली प्रेसको कार्यलाई जिम्मेवारीपूर्वक सम्हालेकोले अत्यन्त आनन्द लागेको बताउने ज्ञानीराजा उमेरको हकमा ६९ बर्ष पुगिसकेका छन्।

जति उमेरको उकालोमा पुगेतापनि त्यतिकै जोशिला देखिएका उनमा बेलगाम जोश रहेको छ। भर्खर ५५ लागेको उमेरजस्तो देखिएका ज्ञानीराजामा त्यो जोश हुनुमा सकारात्मक सोच बलियो भएको कारण नै हो। अर्कोतर्फ उचित आहार, व्यवहार र व्यायामले नै आफूलाई सदा तन्दूरुस्त बनाएको रहस्य खोल्ने ज्ञानीराजाले स्वेतकाली प्रेस प्रारम्भ गर्दा दुईजनाले शुरु गरेको भएतापनि यतिखेर दर्जनौलाई रोजगारी दिने कार्य भएको छ।

सरकारी देखि प्राइभेट कंपनीका महत्वपूर्ण दस्तावेज देखि विभिन्न पत्र–पत्रिका लगायत बुकलेट तथा किताव छाप्ने लगायत छापाखानाका सवैखाले कार्यगर्दैआएको स्वेतकाली छापाखाना नेपालको अब्बल छापाखाना प्रेस नै मानिएको छ।

हुंदाखादै गरेको नेपाल दूर संचार संस्थानको रहरलाग्दो जागिरलाई चटक्कै छाडे्र छापाखानाको व्यवसायमा होम्मिएका ज्ञानीराजा दूरसंचारको जागिर खांंदै बसेको भए बढीमा फस्ट क्लास अफिसर हुनेथिए होला–त्यो भन्दा शायद बढी प्रगति गर्ने थिएन–होला भनेर प्रतिक्रिया दिएका छन्। छापाखानाको व्यवसायवाट घर–परिवार देखि सवैतिर योगदान दिन सफल भएको ज्ञानीराजाले भनेका छन्।

यस व्यवसायवाट आफूले सवै पाएको र सवैखाले आनन्द मिलेको बताउने ज्ञानीराजा समाजसुधारक सामाजिक अभियन्ता पनि हुन्। टोल–छिमेकमा भैपरि आउने समाज सेवामा पनि त्यतिकै सहयोग गर्दैआएका ज्ञानीराजा विसं.२०२१ सालमा वडा अध्यक्ष समेत बनेका थिए। तरपछि, राजनीतिमा खासै रुचि नभएपछि दूरसंचारको जागिरे बन्दै छापाखानाको व्यवसायी बनेका हुन्। यस व्यवसायलाई छोराहरुले सम्हालिसकेकोले अव पुस्तेनी व्यवसाय बन्ने कुरामा ज्ञानीराजा ढुक्क पनि बनेका छन्।


प्रकाशन मिति–२०७४ साल माघ १९ गते शुक्रबार।