काठमाडौ। नेपालमा छापाखाना प्रेसको इतिहास निक्कै लामो रहेको छ। हाते प्रेस हुंदै अफसेट प्रेससम्मको इतिहासलाई ब्रेक गर्दै यतिखेर एकैचोटी चार कलर छाप्ने तथा वेभ प्रेसको जमाना आइसकेको छ। कुनैपनि रंगीन सामाग्री छाप्नु परेमा चार पटक छाप्नु पर्ने र निक्कै समय लाग्ने त्यो समयवाट हालको समयमा चार कलर एकैचोटी छाप्ने समय पनि आएको छ।

पहिला कलर पत्रिका या म्यागाजिन लगायतका सामाग्री छाप्न दुई–चार दिन लाग्ने समयवाट यतिखेर एक–दुई घण्टामा नै छाप्न सकिने समय भैसकेको छ। सोही अनुरुप छापाखाना प्रेसको मोडिफाइड गर्दै स्वेतकाली छापाखानाले पनि एकैचोटी चारकलर छाप्ने मेशिन भित्राएको छ। जसवाट छिटो–छरितो ढंगवाट ग्राहकको चाहना बमोजिम सुविधा पाउन थालेको जिकिर स्वेतकाली छापाखानाका कार्यकारी प्रमुख उपेन्द्र बज्राचार्यको रहेको छ।

कार्यकारी प्रमुख बज्राचार्यका अनुसार स्वेतकाली छापाखाना, लगनटोल, काठमाडौमा सवैखाले छपाई कार्य छिट्टो–छरितो ढंगवाट ग्राहकको चाहना बमोजिम हुने गरेको छ। सरकारी देखि गैरसरकारी संस्थाका छपाई कार्यदेखि विभिन्न पत्र–पत्रिका लगायतका सामाग्री छाप्ने कार्यमा आफ्नो प्रेस काठमाडौमा नै अब्बल रहेको दावी पनि प्रमुख बज्राचार्यको रहेको छ।

विसं.२०३० सालमा हाते लेटर प्रेसवाट व्यवसाय शुरु गरेका उपेन्द्रका पिता ज्ञानीराजाले प्रेस अर्थात छापाखानाको व्यवसाय गरेको पनि यो बर्षवाट ४४ बर्ष पुगिसकेको छ। हाते प्रेस ल्याएर छापाखाना शुरु गरेका पिता ज्ञानीराजाको स्वेतकाली छापाखानामा कार्यकारी प्रमुख उपेन्द्र लगायत उपेन्द्रका दाजु ज्ञानेन्द्र बज्राचार्य दुवै सक्रिय छन्।

पिता ज्ञानीराजा पनि छोराहरुसंग ६९ बर्षको उमेरमा पनि तन्नेरी जोशमा छोराहरुलाई होस्टेमा हैंसे गरिरहेका छन्। आफूले शुरु गरेको प्रेस–छापाखानाको व्यवसायलाई दुवै छोराहरु ज्ञानेन्द्र र उपेन्द्र दुवैले सफलतापूर्वक सम्हालिरहेको तथा केही महिनादेखि दुवै बुहारी पनि यो पेशामा सक्रिय भएकोमा ज्ञानीराजा अत्यन्त खुशी देखिएका छन्। परिवारको साथ र सहयोग नै आफ्नो सफलताको रहस्य भनेर ज्ञानीराजाले भनेका छन्।

प्रकाशन मिति–२०७५ साल साउन १२ गते शनिवार ।