Chhinna Lata Purashkarकाठमाडौ। छिन्नलता गीत पुस्कार गुठीले गीत–संगीत क्षेत्रमा योगदान दिदै आएका ६ जनालाई मंगलवार आयोजित कार्यक्रममा सम्मान गरेको छ।

सम्मानित हुनेहरुमा गीतकार धनेन्द्र विमल, संगीतकार टीका भण्डारी, गायक शिशिर योगी, नवप्रतिभा मीना पोखरेल निरौला रहेका छन्। गायन विधामा माधवलाल श्रेष्ठ र संगीत विधामा मणिकमल क्षेत्रीलाई सम्मानित गरिएको छ।

यी पुरस्कारहरु मध्ये नवप्रतिभा पुरस्कारको राशी ३५ हजार रहेको छ भने अन्य पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ। कार्यक्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्रष्टाहरुलाई पुरस्कृत गरेका थिए।
प्रकाशन मिति–२०७४ साल असार २१ गत बुधवार ।