–अनिता केसी
जगत जननी हाम्री आमा
तपाईको न्यानो काख
मिठो मायाको संझना छ–

अहिले पनि मलाई
तपाईले हरेक कुरा
पुर्याई दिनुभएको छ–आमा

जन्म दिने तपाई मात्र हुनुभयो
तर, पालनपोषण गर्ने धेरै आमाहरु हुनुभयो..
सवै आमाहरुमा म तपाइलाई नै देख्छु आमा

म पनि हुर्केको छोराको आमा भएकी छु..
छोरा भएतापनि
छोरामा पनि तपाई आमा नै देख्छु..

जसरी छोराले मलाई आमाले जस्तै
मेरो पालनपोषण गरेको छ ।

अरुको सवैका छोराहरु मेरै जस्तो होस्
आमाको सम्मान गर्न जानोस् ।।

(यथार्थवादी कवि अनिता केसी चलचित्रकर्मी पनि हुनुहुन्छ। आमाको मुख हेर्ने पर्वको अवसरमा उहाँले सिर्जना गर्नुभएको मौलिक कविता !)
प्रकाशन मिति–२०७८ साल बैशाख २८ गते मंगलवार ।