Sankalpa SLC samman 3काठमाडौ। हरेक आमाबुवाको सपना भनेकै छोराछोरी हुने गर्छन्। त्यो छोराछोरीको सफलतामा सवैभन्दा पहिला खुशी हुने नै आमाबुवा हुने गर्छन्। छोराछोरीवाट केही अपेक्षा नगरिकन अगाडि बढ्ने आमाबुवाहरुको भीडमा तीन आमाहरु देखिएका छन्।

ती तीन आमाहरुमा काठमाडौ नयाँ बानेश्वरकी सुमी राजभण्डारी, अनामनगर–घट्टेकुलोकी शान्ति श्रेष्ठ र विजेश्वरी–डल्लुकी सुनिता कायस्थ हुन्। यी तीन आमाहरुका तीन छोरीहरुले यो बर्षको एसएलसी परीक्षामा अब्बल दर्जामा एसएलसी पास गरेकोमा निक्कै खुशी बनेका छन्। उनीहरु छोरीहरुको खुशीमा नै आफूहरुलाई पाएको बताएका छन्।

छोरीलाई कसरी हुर्काए भन्ने कुरा नै यतिखेर आएर विर्सेको र छोरीकै सफलतामा मक्ख परेको सुमी राजभण्डारीले भनेकी छन्। शान्ति श्रेष्ठ भने छोरीको सफलतामा सवै दुःख विर्सेको प्रतिक्रिया दिन चुक्दिनन्। सुनिता कायस्थ त छोरीको खुशी नै आफ्नो खुशी भएको सुनाउंछिन्।

Sankalpa SLC samman 4

संकल्प विकास केन्द्र नेपाल नामक सामाजिक संस्थाले आयोजना गरेको संकल्प एसएलसी सम्मान कार्यक्रममा यी तीन आमाका तीन छोरीहरु सुरभी राजभण्डारी, सृष्टि श्रेष्ठ र सुप्रिया कायस्थ बज्राचार्य सम्मानित बनेका थिए। छोरीहरुले संकल्प एसएलसी सम्मान पाउंदा यी तीनै आमाहरु दंग पनि बनेका छन्।
प्रकाशन मिति–२०७३ साल असार २० गते सोमवार ।