Rambaran Yadav with his Anitaकाठमाडौ। नेपालका पूर्वराष्ट्रपति डा.रामबरण यादव भारत जाने भएका छन्। माघ महिनाको दोश्रो हप्तातिर डा.यादव भारत जान लागेका हुन्। भारतको राजस्थानमा आयोजितक एक धार्मिक कार्यक्रमा प्रमुख अतिथिको रुपमा डा.यादव त्यसतर्फ प्रस्थान गर्न लागेको उनको पारिवारिक स्रोतले बताएको छ। स्रोतका अनुसार डा.यादव राजस्थान र दिल्लीमा करिब दुई साता बस्ने भएका छन्। छोरी अनिता यादवका साथमा भारत जान लागेका डा.यादवको दिल्लीमा भारतका राष्ट्रपति प्रणब मुखर्जी र केही पूर्वराष्ट्रपतिहरुसंग भेतवार्ता हुने पनि सोही स्रोतले बताएको छ।

प्रकाशन मिति–२०७२ साल पुष २६ गते आइतवार ।