काठमाडौं। नेपाली समसामयिक कलाकारितामा का–बेमान थेगोवाट व्यापक चर्चामा आएका प्रतिष्ठित हांस्य अभिनेता रवि डंगोलको एकमात्र छोरी आरभी डंगोल पनि १० बर्ष पुगेकी छन्। कोभिड–१९ को मारवाट केही समय मारमा परेका का–बेमान रवि डंगोल १० बर्षे छोरी आरभीसंग खुलेका छन्।

खुशी पाउन खुशी दिन सक्नु पर्दछ भन्ने मान्यतामा रहेका अभिनेता डंगोल कोभिड–१९ विरुद्धको खोप लगाउन विहानैदेखि थापाथली अस्पतालमा लामो लाइन वस्दा पछि खोप नै नदिने भनेर भनेपछि फर्केर डविङमा पुगेका थिए । लामो लाइनको थकाई तथा डविङ लगायतको कार्य अनि भोकभोकै काम गर्दा शरीर शिथिल भैसकेपछि बेमान कोभिड–१९ ले अटाक्ट गरेपछि अस्पताल नै भर्ना हुनुपर्ने गरेर थला पर्नु पर्यो भनेर अभिनेता डंगोलले भनेका छन्।

बेमान कोभिड–१९ विरुद्ध खोप लगाउन खोज्दा बेमान कोभिड–१९ ले दुःख दिएको त्यो सास्तीलाई अहिले पनि सम्झदा वाक्क तथा दिक्कै लागेको अभिनेता डंगोलले अनुभव सुनाएका छन्। भिजन संसार डटकमसंगको कुराकानीमा यो कोभिड–१९ भन्ने बेमान त शत्रुलाई पनि नलागोस् भनेर भगवानसंग प्रार्थना गर्न अभिनेता डंगोल चुकेनन्।

बेमान कोभिड–१९ संग लड्ने एकमात्र उपाय खोप नै भएको कारण सवैलाई तुरुन्त खोपको व्यवस्था गरिदिन सरकारसंग माग आम सर्वसाधारणको जस्तै अभिनेता डंगोलको पनि रहेको छ।

कोभिड–१९ संगको लडाई जितेपछि छोरी आरभीसंग रमाएर घरैमा बस्दैआएका रवि डंगोल अत्यावश्यक काम नपरिकन वाहिर जाने नगरेको वताउंछन्। आफ्नो सुरक्षा आफैले गर्नुपर्ने तथा हामी सारा नेपाली सवै सचेत भएमा बेमान कोभिड–१९ लाई लात मारेर पठाउन सकिने तर्क गर्छन्।
प्रकाशन मिति–२०७८ साल असार १७ गते विहीवार ।