काठमाडौं। नेपाली फिल्म तथा मोडलिङ उद्योगकी ख्यातिप्राप्त अभिनेत्री तथा फेसन डिजाइनर क्षितिजा शाक्यका साथमा शाक्यकी समाजसेवी आमा उर्मिला श्रेष्ठले कोरोना कहरका कारण विपदमा परेका विपन्न वर्गलाई राहत सहयोग गर्ने कार्य गरेका छन्। काठमाडौं महानगरपालिका वडा नंबर १२ टेकुस्थित लाउञ्जमा आयोजित कार्यक्रममा राहत सहयोग वितरण गर्ने कार्य गरेका हुन।

अभिनेत्री तथा फेसन डिजाइनर क्षितिजा शाक्यले टेकुमा हालै सञ्चालनमा ल्याएको साम्बारा लाउञ्ज एण्ड बारमा आयोजित राहत वितरण सहयोग कार्यक्रममा समाजका विधवा, एकल महिला तथा दैनिक रोजगारी गरेर हातमुख जोडिरहेका व्यक्तिहरुलाई खाद्यान्न लगायतका राहत सामग्री वितरण गरेको भिजन संसार डटकमसंगको कुराकानीमा बताएकी छन्।

रेष्टुरेन्टको व्यवसायमा पनि आएकी क्षितिजाले काठमाडौं मलस्थित आफ्नो बुटिकलाई पनि पूर्वरत रुपमा सुचारु गरिसकेकी छन्। साम्बारा लाउञ्जको पछिल्लो सञ्चालनबाट संकलन भएको रकमबाट अभिनेत्री शाक्य तथा उनकी आमा उर्मिला श्रेष्ठले राहत सहयोग वितरण गर्ने कार्य भएको पनि भनेका छन्।

यस कार्यमा अभिनेत्री शाक्यलाई उनकी साथी जस्मिनले विशेष सहयोग गरेको बताएकी छन्। त्यसैगरेर साम्बारा समूह तथा सुरज तण्डुकारको पनि ठूलो सहयोग रहेको अभिनेत्री शाक्यले भनेकी छन्। सहयोग वितरण कार्यक्रममा गायक सपन श्रेष्ठले मीठा गीत गाएर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए।


प्रकाशन मिति–२०७७ साल साउन २५ गते आइतवार ।